मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, कुटपिट गर्ने पक्राउ




चितवन, फागुन ११-

चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्रि सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् ।




सुर्तनाबाट कठारतर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा आज बिहान ५ः४५ बजे खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् ।

घटना के कसरी हुन गएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने व्यक्ति पक्राउ

चितवन, फागुन ११-

भरतपुर महानगरपालिका–२२ बोटे टोलकी एक महिलालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

बिहीवार राति ११ बजेको समयमा बोटे टोल बस्ने ४९ वर्षीय आशामती महतोलाई कुटपिट गरेको आरोपमा सोहि ठाउँ बस्ने ३९ वर्षीय ईश्वरकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा ईश्वरकुमार महतोले आशामतीलाई बाँसको लाठिले टाउकोमा हान्दा टाउको फुटि घाइते भई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार कुटपिट गर्ने ईश्वरलाई पक्राउ गरि अनुसन्धान थालिएको हो ।



सम्बन्धित
Loading...