कावासोतीमा आजदेखि मेन्टर कप क्रिकेट, पहिलो खेल मुकुन्दसेन र रजहरबीच हुने




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि हुने पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मुकुन्दसेन युवा क्लब र रजहर युवा क्लब बीच हुने भएको छ ।

प्रतियोगितामा नवलपुर भित्रका २० टिमको सहभागिता रहने आयोजक संस्था मेन्टर एजुकेशन कावासोतीले जनाएको छ ।




प्रतियोगितामा पहिलो हुनेले ५१ हजार १ सय ५५ रुपैयाँ र दोस्रो हुनेले २५ हजार १ सय ५५ रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

नकआउट चरणमा खेलाइने प्रतियोगिता कुमारवर्ती क्याम्पसको खेलमा मैदानमा हुने भएको खेल संयोजक किरण भुर्तेलले बताए ।

त्यसैगरी आजै दोस्रो खेल आयोजक मन्दर एजुकेसन कावासोती र सनराइज युवा क्लब अमरापुरीबीच हुने छ । पहिलो चरणका खेलहरु १२ ओभरमा खेलाइने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...