नारायणी नदी किनारमा शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।
उनका शव पानीमा घोप्टो अवस्थामा तैरिरहेको भेटिएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी पुगेर अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।