विनयी त्रिवेणी अध्यक्ष कप फुटबल: आइतबारको खेलमा आयोजक ए विजयी

पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा जारी दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा आयोजक ए विजयी भएको छ ।
आयोजक मोडर्न युथ क्लव ए ले अरुणखोला फुटबल क्लब अरुणखोलालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबारको खेलमा आयोजक ए को तर्फबाट विमल चुहान मगर, मनिष गुरुङ र सुरज मगरले १÷१ गोल गरेका थिए भने अरुणखोलाको तर्फबाट विपिन उप्रृतीले १ गोल गरेका थिए । आइतबारको खेलमा विवेक मगर म्यान अफ दि म्याच भएका थिए ।
तेस्रो दिन सोमबारको खेल सौभाग्य युवा क्लब बुटवल र कदमपुर फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
मोडर्न युथ क्लवले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका गरी १६ टिमको सहभागिता रहको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र र ट्रफिसहित नगद दुई लाख १० हजार र द्वितिय हुनेले एक लाख ५० हजार प्राप्त गर्ने क्लवका अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट खेलाडि, सबैभन्दा धेरै गोल गर्ने खेलाडि र उत्कृष्ट गोलकिपरलाई जनही पाँच पाँच हजार पुरस्कारको व्यवस्था गरिएको मगरले जानकारी दिए ।