नवलपुरमा मगर दिवसमा सार्वजनिक विदा दिन माग

नवलपुर । फाल्गुन १५ गते परेको मगर दिवसको दिन नवलपुरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ नवलपुरले माग गरेको छ ।
कतिपय पालिकाहरुले विदाको सूचना प्रवाह गरिसकेको भए पनि कतिपय पालिकाहरुले अझै वास्ता नगरेको भन्दै ४२ औं मगर एकता दिवसको दिन स्थानीय तहहरुसँग सार्वजनिक विदा गरिदिन माग गरिएको नेपाल मगर संघ नवलपुरका सचिव नम्सु सुनारी मगरले बताए ।
मगर दिवस नेपालमा मगर समुदायले विविध सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरि मनाउने गर्दछ ।
मगर समुदायले नवलपुरमा यस पटक पालिका स्तरीय समितिको आयोजनामा विविध कार्यक्रम गरी मगर एकता दिवस मनाउने भएको छ ।
देवचुली, गैडाकोट, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी, हुप्सेकोट लगायतका मगर संघहरुले फाल्गुन १५ गते मगर दिवसको दिन विविध कार्यक्रमको आयोजना गरेको छ ।