नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य, नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो ।
नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

काठमाडौँ । नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् ।
ईटनले केवल ३३ बलमा शतक पुरा गरेका हुन् । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।