एकीकृत समाजवादी नवलपुरका अध्यक्ष एमालेमा प्रवेश




नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश भएको छ । एमाले नवलपुर कार्यालयमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

अध्यक्ष झविलाल राना, प्रदेश सचिवालय सदस्य श्याम प्रसाद भुर्तेल र खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव गोविन्द सुनार, हुमकान्त पराजुली तथा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका कार्यसमितिका अधिकांश एमालेमा प्रवेश गरेका हुन् ।




यस्तै, नेकपा माओवादी जिल्ला सदस्य तुलसी अर्याल, नेताहरु डनु गिरी, टिकाराम पाण्डे लगायत नेताहरु पनि एमाले प्रवेश गरेका एमाले नवलपुरले जनाएको छ । एमाले प्रवेश गर्नेहरुले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उपमहासचिव गुरुङले एमाले प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका उप महासचिव पृथ्बीसुब्बा गुरुङले सारा कम्युनिष्ट बस्ने सक्ने पार्टी एमाले भएको बताए ।

उने भने ‘अहिले पनि जनता कुन पार्टी सुपात्र हो भनेर अलमलमा छन्, भ्रममा छन्, समाजवाद स्थापना गर्ने हो भने, समाजवादको सही नीति सिद्धान्त र बिचार बोकेको पार्टी एमाले हो, सारा कम्युनिष्ट अट्न सक्ने, सबैजना बस्न सक्ने पार्टी एमाले हो, अहिलेको सुपात्र एमाले मात्रै हो ।’



सम्बन्धित
Loading...