बर्दघाट उद्योग बाणिज्य संघद्वारा नगरपालिका अगाडि प्रदर्शन
नवलपरासी –
पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघले कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोध प्रदर्शन गरेका छन् ।
बर्दघाटमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ ।
यसअघि मेला लगाउनका लागि नगरपालिकाले बाणिज्य संघलाई अनुमती प्रदान गरेकोमा हाल आएर बिबाद पछि आफ्नै निर्णयबाट नगर पछि हटेको भन्दै ब्यवसायीले प्रदर्शन गरेका हुन् ।
‘मेयर साबले आफैले अनुमती दिनु भो,हामिले सामान झार्यौ, अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन। लाखौ खर्च भयो यसको जिम्मा कसले लिने ? यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौ ।’ बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भने – ‘के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होईन । निजि क्षेत्रलाई स्थानीय सरकारले गर्ने व्यवहार यहि हो ?’
यता बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मेलाले नगरभित्रका बिद्यालयमा चलिरहेको आन्तरिक परीक्षा र एसईई परीक्षालाई असर गर्ने व्यापक गुनासो आएको हुँदा तत्काललाई मेला स्थगन गरिको बताए ।
उनले भने – ‘मुलतः बिद्यार्थीकै कुरा आएपछि हामी पछी हटेका हौ, अरु कारण छैन।मेला नै लाग्दैन लाग्नु हुन्न भन्ने होइन एसईई पछि लागाउला ।’
उनले आईतवार आधिकारिक निर्णय गरेर उद्योग बाणिज्य संघलाई पत्राचार गरिने बताए ।
नगरपालिकाको निर्णयका विरुद्ध बर्दघाट उद्योग बाणिज्य संघले शान्तिपूर्ण प्रदर्शन सहित ज्ञापनपत्र बुझाएको छ ।