मेन्टर कप क्रिकेटः क्वाटरफाइनलका खेल शुरु, पहिलो खेलमा मिची एजुकेशन विजयी
कावासोती । प्रथम मेन्टर कप क्रिकेट प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु शुरु भएको छ । पहिलो क्वाटर फाइनलमा मिची एजुकेशनले गैडाकोटलाई हराउँदै सेमीफाइनलमा आफ्नो स्थान शुरक्षित गराएको छ ।
मिची एजुकेशन र हन्टर हिटलर हटेला गैडाकोटका बीच भएको पहिलो क्वाटर फाइनलमा मिची एजुकेशनले हटेलालाइ ६७ रनले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो।
वर्षाले प्रभावित खेलमा टस जितेर पहिलो व्याटिङ रोजेको मिचिले निर्धारित ९ ओभर पुरै खेल्दै ४ विकेटको क्षतिमा १२१ रन बनाएको थियो।
१२१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको गैडाकोटले ७ ओभरमा ५३ रन जोड्दा सबै विकेट गुमाएको थियो ।
खेलको म्यान अफ द म्याच ४ विकेट लिन सफल मिचिका अदित रावत क्षेत्री घोषित भए।
दोस्रो क्वाटरफाइनल खेल आज दिउँसो ३:३० बजे कुमारवर्ती कलेजको खेल मैदानमा रजहर क्रिकेट क्लब रजहर र लक्ष्मी युथ क्लब देवचुली १२ बीच हुने संयोजक किरण भुर्तेलले जानकारी दिए। प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुनेछ।