टुट्यो गठबन्धन: एमाले, माओवादी र रास्वपाको सरकार बन्ने




सत्ता गठबन्धन टुटेको छ।

बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।




एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। बालुवाटारमा जारी पदाधिकारी बैठकबाट एक नेताले पनि यही कुरा पुष्टि गरेका छन्।

गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

विहान सबै दलले आआफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।

स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको हो । भेटमा नयाँ सहमति जुटेको कुरा नै भन्नु हुन्छ होला’, स्रोतले भन्यो ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।

एमालेबाट पदम गिरी सरकारमा जाने

बाँकी आउँदै



सम्बन्धित
Loading...