भन्सार छली ल्याइएका ५६ हजार बराबरको कपडा नवलपुरमा बरामद




नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका ५६ हजार रुपैयाँ बराबरको कपडा इलाका प्रहरी कार्यालय दुम्किबासले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा भे १ ख ४१२६ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा उक्त कपडा बरामद गरेको हो ।




बसको डिक्कीमा विना विल भरपाईको १ सय ४० पिस सुतीको धोती र ब्लाउज सेट गरी करिब ५६ हजार बराबरको कपडा बरामद गरेको हो ।

बरामद कपडा बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...