शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटममा प्रदर्शन




बालिका शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

न्यायका लागि दबाब स्वरुप गैंडाकोटका स्थानीयले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।




शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको माग गर्दै भएको प्रदर्शनमा स्थानीय सहित जनप्रतिनिधि हरुको समेत सहभागिता रहेको थियो।

गैंडाकोटको भृकुटी चोक राजमार्गमा झण्डै एककिलोमिटर लामबद्ध प्रदर्शन सङ्गै सालिन घटनाका बिषयमा उपस्थितलाई सामाजिक अभियन्ताहरू उपस्थित थिए।

उनीहरुले उक्त घटनाको सत्यतथ्य सहित अनुसन्धानको माग समेत गरे । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान भैरहदा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टम रिपोर्टमा जनाइएको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा पनि विद्यार्थीहरुले न्याय माग गर्दै प्रदर्शन गरेका छन् ।

अरुणखोला स्थित जनता आदर्श मा. वि. मंगलचौरका विद्यार्थीहरुले चितवनमा भएको शालिन पोखरेलको घटनालाई लिएर हत्यारालाई फाँसी दे भन्ने ब्यानर सहित विरोध ऱ्याली निकालेको हुन् ।

उनीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए ।



सम्बन्धित
Loading...