कावासोतीको भगवती क्लब विनयी त्रिवेणी अध्यक्ष कपको सेमीफाइनलमा
दुम्किबास । कावासोतीको भगवती एकता युवा क्लब नवलपुरको दुम्किबासमा जारी विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । आयोजक मोडर्न युथ क्लव र कावासोतीको भगवती एकता युवा क्लब बीच भएको क्वाटर फाइनल खेलमा निर्धातिर समयमा कुनै पनि समूहबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा कावासोतीले ७–६ गोल अन्तरले विजयी भएको हो ।
सोमबारको खेल गण्डकी प्रदेश सभा सदस्य लक्ष्मणबहादुर पाण्डेका स्वकीय सचिव यादब पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगितामा आज अभिसेक चर्च रजहर र बर्दघाट नगरपालिकाबीच हुने आयोजक मोर्डन युथ क्लबका अध्यक्ष नम्सु सुनारी मगरले बताए ।
यस अघि आइतबारको क्वाटर फाइनल खेलमा देवघाटले देवचुलीलाई हराउँदै सेमीफाइलनमा पुगेको थियो । २४ गतेदेखि दैनिक राष्ट्रिय रुपमा चर्चित कलाकारहरुको साथमा बृहत सांस्कृतिक कार्यक्रम सहित २८ गते सम्म प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।
मोडर्न युथ क्लवले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका गरी १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र र ट्रफिसहित नगद दुई लाख १० हजार र द्वितिय हुनेले एक लाख ५० हजार प्राप्त गर्ने क्लवका अध्यक्ष नम्सु सुनारी मगरले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट खेलाडि, सबैभन्दा धेरै गोल गर्ने खेलाडि र उत्कृष्ट गोलकिपरलाई जनही पाँच पाँच हजार पुरस्कारको व्यवस्था गरिएको मगरले जानकारी दिए ।