फाइनलमा नेपाल नेदरल्याण्डसँग ४ विकेटले पराजित




कावासोती । नेपाल नेदरल्याण्डसँग फाइनलमा ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।



टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

निक्कै प्रतिप्रधात्मक भएको खेलमा नेपालले अन्तिम ३ ओभरमा आएर राम्रो प्रदर्शन गर्न सकेन ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेदरल्याण्डले ३ बल बाँकी छदा ६ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।



सम्बन्धित
Loading...