मध्यविन्दुमा विद्यार्थीहरुलाई उत्प्रेरणा तालिम




प्रिय धन –
चाेरमारा, २२ फागुन २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ९ मा रहेको नेपाल लोकसेवा माध्यमिक विद्यालय र वडा नम्बर ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई आज प्रेरणामुलक प्रशिक्षण प्रदान गरिएको छ ।

नेपाल लोकसेवा मावि बसन्तपुरको आयोजनामा जनप्रतिभा सामुदायिक वन समूहको भवनमा आज एक दिने प्रशिक्षण प्रदान गरिएको हो ।




कक्षा ८ , १० र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई जीवनमा कसरी अगाडि बढ़ने भन्ने सन्दर्भमा समसामयिक विषयवस्तु र घटनाक्रमलाई जोडेर प्रशिक्षण प्रदान गरिएको नेपाल लोकसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले जानकारी दिए ।

यस्तै कार्यक्रममा मध्यविन्दु ९ का वडा अध्यक्ष मदन कुमालले विद्यार्थीहरुले आजको प्रशिक्षणबाट जीवनमा केही गर्ने सोंच बनाउन आग्रह गरे ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा बि के शर्मा रहेका थिए । मुख्य प्रशिक्षक शर्माले जीवनमा उद्देश्य बिनाको विद्यार्थीले कुनै लक्ष्य हासिल गर्न नसक्ने भन्दै लक्ष्यका लागि पागल हुनुपर्ने बताए ।

प्रशिक्षणका क्रममा शर्माले पाउनु , गतिशीलता र लक्ष्य प्राप्ति गरेर पागल हुनुपर्ने बताए ।

करिब २५० जना विद्यार्थी सहभागी भएको प्रशिक्षण कार्यक्रम पश्चात विद्यार्थीहरु निकै उत्साहित देखिएका थिए ।



सम्बन्धित
Loading...