रवि लामिछाने फेरि गृहमन्त्री




काठमाडौं। नयाँ गठबन्धनमा खिचातानी भइरहेको गृह मन्त्रालय रास्वपाले पाउने भएको छ ।

नयाँ गठबन्धनमा सुरुदेखि नै गृह मन्त्रालय दाबी गरेको रास्वपालाई अन्ततः गृह मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ।




रास्वपाको तर्फबाट गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले गर्न लागेका छन् । उनको नेतृत्वमा रास्वपा सरकारमा जान लागेको हो।

यस अघि रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सरकारमा सहभागी भइसकेका छन्।



सम्बन्धित
Loading...