नवलपरासीः शिद्धार्थ माविमा दिवा खाजमा कुरकुरे र कुहिएको अण्डा

रामकरन हरिजन –
(नवलपरासी) २४ फागुन∶ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ मा रहेका सिद्धार्थ माध्यमिक विद्यालयमा बालबालिकालाई दिवा खाजाको नाममा कुुरकुरे र कुुहिएको अण्डा खुुवाएको पाईएको छ ।
बालबालिकाको बृद्धि विकास र सिकाइका लागि खिचडी, चिउरा, गाजर, गाहुँको पिठो, चनाको दाल, सखर खण्ड, फलफुल, खैरो भटमास लगायत परिकार पकाएर पौष्टिक दिवा जाखा खुवाउनुु पर्ने नेपाल सरकारले मापदण्ड बनाएको छ ।
नेपाल सरकारको मापदण्ड अनुसार कक्षा शिुशुुदेखि कक्षा ५ सम्मका १ जना बालबालिकालाई १५ रुपैयाका दरले कम्तिमा ५० ग्राम पौष्टिक विवरणप्रति बालबालिकालाई दिवा खाजा खुवाउनुु पर्नेमा पाल्हीनन्दन–३ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र बढई शर्माले १० रुपैयाको कुरकुुरे र भारतबाट अबैध तरिकाले नेपाल भित्रयाईको सडेको सेतो अंडा दिवा खाजाको रुपमा खुुवाउने गरेको पाल्हीनन्दन–३ का रामरुप हरिजनले बताए ।
सिदार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र शर्माले दिवा खाजाको रुपमा कुुरकुरे र सेतो अंडा आफुुले खुुवाएको स्वीकार गरे ।
यहाँ शिशुु देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको भर्ना तथ्याङ हेर्दा १ दिनमा १ हजार ५ सय ५० रुपैयाको दिवा खाजा बालबालिकालाई खुवाएर दैनिक ७ सय ७५ रुपैया अर्थात आधार रकम अतियमितता गरेका पाइएको छ ।
कुुरकुरे, विस्कुट, चाउचाउ र सेतो अंडा खुवाउने गरेको बालबालिकाले बताएका छन ।
दिवा खाजामा सुुधार गर्न प्रधानाध्यापकलाई पहिलादेखि भन्दै आएको तर पनि सुधार नभएको पाल्हीनन्दन गाउँपालिकाका शिक्षा प्रमुख प्रमोद यादवले बताए ।
विद्यादय व्यवस्थापक समितिमा पाल्हीनन्दन–३ का वडाध्यक्ष गोधनप्रसाद हरिजन समेत पदेन सदस्यमा रहेका छन् । उनले विद्यालयमा कुुरकुरे र अंडा खुवाएको विषयमा जानकार नभएको बताए ।
विद्यालयले कुुरकुुरे, चाउचाउ र विस्कुट जस्ता जंगफुटलाई दिवाखाजाको रुपमा खुुवाउँदा स्थानीयले त्यसको विरोध गरे पनि विद्यालय प्रशासनले कुनै सुनुवाई नगरेको गुनासो गरे ।