भारतसँग नेपालले १० गोल खायो, नेपाल साफ यू–१६ च्याम्पियनसिपबाट बाहिरियो


नेपाल साफ यू-१६ महिला च्याम्पिसियनसिपको समूहको अन्तिम खेलमा भारतसँग १०-० गोलले पराजित भएको छ। फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ।



आज एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालमाथि एकपक्षीय जित निकालेको भारतले अवधिभर खेल नियन्त्रणमा लियो।

पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो।



यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ३-० गोलले पराजित गरेको थियो।

आजको जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतले बंगलादेशसँग उपाधिका लागि खेल्नेछ।



सम्बन्धित
Loading...