रजहर दोस्रो विनयी त्रिवेणी अध्यक्ष कपको फाइनलमा, कलाकार लाहुरे र कान्छा वृहत प्रस्तुति रहने




रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीको दुम्किबासमा जारी दोस्रो विनयी त्रिवेणी अध्यक्ष कपको फाइनलमा अभिसेक चर्च रहजर पुगेको छ । विहीबार भएको पहिलो सेमी फाइनलमा देवघाट युवा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै रजहर फाइनलमा पुगेको हो ।

अर्को सेमीफाइनल खेल २६ गते शनिबार फोर ब्रोडर्स भूमही र भगवती एकता क्लबबीच हुने आयोजक मोर्डन युथ क्लबका अध्यक्ष नम्सु सुनारी मगरले बताए । २४ गतेदेखि दैनिक राष्ट्रिय रुपमा चर्चित कलाकारहरुको साथमा बृहत सांस्कृतिक कार्यक्रम सहित २८ गते सम्म प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।



२६ गते शनिबार कलाकार माइलाका प्रस्तुती रहने छ भने २८ गते कलाकार लाहुरे आउने भएको छ । फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम समेत गरेको आयोजकले जनाएको छ ।
मोडर्न युथ क्लवले आयोजना गरेको प्रतियोगितामा चितवन, नवलपुर, नवलपरासी र रुपन्देहीका गरी १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र र ट्रफिसहित नगद दुई लाख १० हजार र द्वितिय हुनेले एक लाख ५० हजार प्राप्त गर्ने छ ।

त्यस्तै उत्कृष्ट खेलाडि, सबैभन्दा धेरै गोल गर्ने खेलाडि र उत्कृष्ट गोलकिपरलाई जनही पाँच पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

 

 



सम्बन्धित
Loading...