एडल्ट स्टार सोफिया लियोनीको सहस्यमय मृत्यु




लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

अभिनेत्रीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको बताइएको छ ।




निधनको पुष्टि सोफियाका सौतेनी पिता माइक रोमेरोले गरेको छन् । मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको बताइएको छ । सोफियाले १८ वर्षको उमेरमा वयस्क मनोरञ्जन उद्योगमा काम गर्न थालेकी थिइन् ।

सोफिया गएको हप्ता सामाजिक सञ्जालमा सक्रिय थिइन् । उनले केही पोस्टहरू गरेको थिइन् । स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे खोजबिन गरिरहेको बताइएको छ । यस अघि ३६ वर्षिया अभिनेत्री काग्नी लिले आत्महत्या गरेकी थिइन् ।

जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।



सम्बन्धित
Loading...