दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार, ४ चैतमा पेसी तोकियो




झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले आज प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण अग्राधिकार दिने आदेश गरेको हो।

उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै ४ चैतका लागि पेसी तोक्न आदेश भएको हो।




‘यसमा निवेदकको तर्फबाट इजलाससमक्ष पेस भएको निवेदनमा उल्लिखित विषयको गाम्भीर्य र संवेदनशीलतालाई विचार गर्दा छिटो टुंगो लगाउनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालतको नियमावली, २०७४ को दफा ७३ बमोजिम अग्राधिकार दिई प्रस्तुत मुद्दाको ४ चैत २०८० को पेसी तोकी नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेलविरुद्ध रिट दायर गरेका थिए।



सम्बन्धित
Loading...