दाइजोमा सुनको सिक्री नपाएका कारण विवाह रोक्ने बेहुलासहित ५ जना पक्राउ




वीरगन्ज,२९ फागुन –
दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गर्न बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । पक्राउ पनेमा बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह गोढ, बेहुलाका दुई जना दाइ र भिनाजुविरुद्ध दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जाहेरी दर्ता गरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिएको छ । विवाह अस्वीकार गर्न पक्राउ परेका बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।



सामाजिक परम्पराअनुसार विवाह भइरहेको अवस्थामा सोमबार राति करिब २ बजेको समयमा सुनको सिक्री नपाएको भन्दै बेहुला सहित उनका आफन्तहरुले बेहुली पक्षकासँग वादविवाद तथा हातपातसमेत गरी विवाह छोडी जान लागेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पर्साको वीरगन्ज महानगरपालिकामा २४ वर्षीया युवतीसँग सोमबार राति साहको बिहे तय भएको थियो। वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद भएको थियो।



सम्बन्धित
Loading...