भोलिदेखि कावासोतीमा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा भोलिदेखि बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा मध्यविन्दु क्याम्पसमा २ र ३ गतेगरी २ दिनसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुन लागेको जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष विश्वनाथ पाण्डेले बताए ।



पाण्डेका अनुसार प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितयि हुनेले १० हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना स्थान हासिल गर्ने खेलाडीले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

जिल्ला बुद्धिचाल संघ नवलपुरले नवलपुरमा बर्षेनी बुद्धिचाल प्रतियोगिता गर्ने गर्दछ ।



सम्बन्धित
Loading...