नवलपुरमा पश्चिम नवलपरासीका २ जना ठूलो परिणाममा लागुऔषध सहित पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा ठूलो परिणाममा लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको साविक बडहरा दुबौलिया गाविस ६ बस्ने सन्तोषकुमार गुप्ता र सरावल गाउँपालिका ६ बस्ने २६ को बिबेश तेलीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई उनीहरु बस्दै आएको गैडाकोट ९ थुम्सी निवासी राजु सुवेदीको घरको कोठाबाट लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले आइपीपीएल २ सय ३३ एम्पुल, सेरिज्याक २ सय ३ एम्पुल, फेनरागन २ सय ३० एम्पुल र लागुऔषध कारोबार गरेको ४५ हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकालाई आज जिल्ला प्रहरी कार्यालय नवलपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरु लागुऔषध कारोवारी भएको प्रहरीले जनाएको छ ।