मेन्टर कप क्रीकेट प्रतियोगिता :चैत ११ गते फाइनल




कावासोती ,चैत्र ८। नवलपुरको कावासोतिमा जारी मेन्टर कप जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको फाइनल खेल चैत्र ११ गते हुने भएको छ।मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको खुल्ला क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १० गते शनिबार हुनेछ भने फाइनल खेल भोलिपल्ट ११ गते हुनेछ।

कुमारवर्ती कलेजको खेल मैदानमा संचालन भएको मेन्टर कप क्रीकेट प्रतियोगिता फागुन १२ गते सुरु भएको थियो।



प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा कुमारवर्ती स्ववियुलाई पराजित गर्दै रजहर क्रीकेट क्लब फाइनल प्रवेश गरिसकेको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।

साथै ११ गते फाइनल खेल अगाडि नेवि संघ र अखिल क्रान्तिकारिका विचमा मैत्रीपुर्ण खेलको फाइनल खेल समेत हुनेछ।२० टिम सम्मीलित मेन्टर कपको विजेताले नगद ५१ हजार एक सय ५५ र उपविजेताले २५ हजार एक सय ५५ सहित ट्रफी प्राप्त गर्नेछन।



सम्बन्धित
Loading...