सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम साधारण सभा


नवलपुर । सेवा निवृत्त राष्ट्रसेवा समाज नवलपुरका प्रथम साधारण सभा कावासोतीमा आज भएको छ ।


साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्वी न्यायाधीष ऋषि अधिकारीले सेवा निवृत्त कर्मचारीहरु अवकास पछि घर चुपचाप बस्नुको सट्टा आफूले सेवाका क्रममा जानेका कुराहरुलाई समाजमा सिकाउनु पर्ने र समाजसेवामा लाग्नु पर्नेमा जोड दिए ।

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरका अध्यक्ष डा. नरनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ८७ जना सेवा निवृत्त कर्मचारीहरुको सहभागिता रहेको थियो ।




कार्यक्रममा समाजमा आवद्ध आजीवन सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य ९२ वर्षिया कृष्णप्रसाद सुवेदी, यसबर्ष विद्यावारिधि गरेका डा. नरनाथ पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष डा. पाण्डेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बाबुराम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षेत्री शिक्षा निर्देशनालयबाट सेवनानिवृत्त भएका दिपेन्द्र ढकालले प्रशिक्षण दिएका थिए भने नवलपुर कर्मचारी संघका गोकुल पराजुली, निवृत्त प्रहरी समाजका अध्यक्ष तिलकराम देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रमको सञ्चालन देवराज भट्टराईले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शान्ति केसीले राखेका थिए ।



सम्बन्धित
Loading...