नाइजेरिया : अपहरणमा परेका १ सय ३७ जना बालबालिका रिहा




नाइजेरिया । नाइजेरियामा यो महिनाको सुरुवातमा हतियारधारी समूहद्वारा अपहरण गरिएका कम्तीमा १ सय ३७ जना बालबालिकालाई रिहा गरिएको छ । काडुना राज्यका गभर्नर उबा सानीले आइतबार यसबारे जानकारी दिएका हुन् ।

नाइजेरियाको च्यानल्स टेलिभिजनमा प्रकाशित अन्तर्वार्तामा सानीले आफूले बालबालिकाको परिवारलाई भेटेको जानकारी दिएका हुन् । उनले भने, ‘म खुसी छु, परिवार खुसी छन्, बालबालिकाको उद्धार भएकोमा हामी सबै खुसी छौँ,’ उनले भने ।




यद्यपि, कब्जामा रहेका बेला एक शिक्षकको भने मृत्यु भएको उनको भनाई थियो । मृत्युको कारण भने उनले खुलाएनन् ।

गत मार्च ७ मा कुरिगा गाउँमा रहेको एलईए प्राइमरी एन्ड सेकेण्डरी स्कुलमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीलाई हतियारधारी समूहले अपहरण गरेको बताइएको थियो । सो समूहले ६ लाख २० हजार अमेरिकी डलर फिरौती माग्दै सबै बालबालिकालाई मारिदिने धम्की दिएका थिए ।

–सीएनएन



सम्बन्धित
Loading...