फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु




दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो । प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताए ।




यसअघि मृतकको संख्या १३ रहेको बताइएको थियो । तुपाजका अनुसार मृतकमध्ये ६ वर्षका बालक पनि रहेको र उनको अस्पतालमा मृत्यु भएको छ । घाइते एकको उपचार भइरहेको छ ।

दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए । प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए । उनका अनुसार सम्भवतः दुर्घटनाका कारण भ्यानमा आगो लागेको थियो ।

फिलिपिन्समा घातक दुर्घटनाहरू सामान्य हुन् । यहाँ चालकहरू प्राय नियमहरूको उलंघन गर्छन र सवारीहरूको मर्मत खराब हुन्छ । साथै, ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ । (रासस/एएफपी)



सम्बन्धित
Loading...