पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प




काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।




भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४०.२ किलोमिटर तल रहेको थियो ।

देशका अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको थियो ।



सम्बन्धित
Loading...