एमाले–माओवादी गठबन्धनलाई साथ दिने नाउपाकाे निर्णय, ढल्ने भयाे सुदूरपश्चिम र लुम्बिनी सरकार
नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले–माओवादीसहितकाे गठबन्धनलाई साथ दिने निर्णय गरेकाे छ ।
कैलालीकाे टीकापुरमा बसेकाे नाउपाका संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ दिने निर्णय गरेको हो ।
बहुमत केन्द्रीय सदस्यहरूले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेसँगै सुदूरपश्चिम र लुम्बिनीमा नेपाली कांग्रेसले नेतृत्व गरेकाे सरकार ढल्ने भएकाे छ ।
दुवै प्रदेशमा सरकार बनाउन नाउपा निर्णायक छ । सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउने समझदारी विकसित भएकाे बताइएकाे छ ।
राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण हुन थाल्योः प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण हुने गरेको बताएका छन् ।
बुधबार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले अहिले राजनीतिक दलहरूका लागि सत्ता नै सबैथोक हुने गरेको बताएका हुन् । उनले नयाँ राजनीतिक दल वा पुराना राजनीकि दल सबैका लागि सत्ता नै सबैथोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले सत्ताका लागि राजनीतिक दलहरू मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताए ।
पौडेलले सत्ताकेन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुरा उठाउन सक्ने बताए । उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताए । सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको बताए ।
उनले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जवाफदेही बन्नु लोकतन्त्र भएको बताए । उनले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताए । उनले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को विडम्बना भएको बताउ । सांसद पौडेलले कानुनबाट चल्नुपर्ने देश ट्रस्टीबाट चलेको आरोप लगाए ।
सांसद पौडेलले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगेमात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद भएको बताए ।