स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि टोपबहादुरलाई जेलबाट अस्पताल लगियो

एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जेलबाट अस्पताल लगिएको छ ।
रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल लगिएको हो।
रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पतालमा लगिएको हो । नक्कली भुटानी शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा राखिएको पारिवारिक स्रोतले जनाएको छ।
अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको थियो ।