मुढा बुनेर लाखौं कमाई
दैलेख । नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।
पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको बताए। बिहान१०बजेदेखि साँझ ५बजेसम्म सरकारी जागिरमा उनको दैनिकी बित्छ। सरकारी जागिरको अलावा बिहान साँझ बचेको समयमा मुढाको माग बढ्दै गएपछि फुसदको समयको सदुपयोग गर्दै उनले मुढा बुन्नमा व्यस्त हुने गरेका छन् ।
उनले सीपको सदुपयोग गर्दै बचेको समयमा मुढा बुनेर मासिक दश भन्दा बढी आम्दानी हुने गरेको समेत उनले बताए।उनले एउटा मुढा रु ५००देखि १००० रुपैयाँसम्म बिक्री हुने गरेको राजधानीलाई जानकारी दिए ।
उनले भने आफनो स्वदेशमै मेहेनत गरेर पनि बार्षिक लाखौं आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको छ । उनि भन्छन्, ‘हामीलाई किन बिदेश जानु प¥यो । मेहेनत गरे आफनै देशमा केहि गर्न सकिने रहेछ । अबका यूवायुवतीहरुको सपना खाडीमा गएर भाँडा माझ्ने हैन । आफनै देशमा दुई –चार जनालाई कसरी रोजगारी दिने भन्ने हुनुपर्छ ।’
एकदिनमा दुई देखि ३वटा मुढा तयार गर्न सकिने उनले जानकारी दिए । सीप सिकेर मुढा बुन्ने काम गर्दा समयको सदुपयोगसँगै त्यही आम्दानीले घर खर्च चल्ने समेत उनले बताए ।