सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ




काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि चैत्र ८ गते बिहीबार सुनको मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार १० रुपैयाँ रहेको महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...