नेकपा माले नवलपुर पुनगर्ठन, काफ्लेको नेतृत्वमा नयाँ समिति चयन
नवलपुर । नेकपा माले नवलपुर पुनगर्ठन गरिएको छ । कावासोतीमा बसेको भेलाले लोकप्रसाद काफ्लेको नेतृत्वमा नयाँ समिति पुनगर्ठन गरेको हो ।
समितिको सचिवमा लोकप्रसाद काफ्ले र उपसचिव तथा संगठन विभाग प्रमुखमा मायादेवी ठकुरीलाई मनोनयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा विरबहादुर कुमाल, विष्णु पौडेल, धनबहादुर खड्का, सुकिया कुमाल, खेमनारायण काफ्ले लगायत चयन भएका छन् । तत्काललाई ११ सदस्यीय समिति गराइएको र पछि थप मनोनित गरिएको सचिव काफ्लेले बताए ।