माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो।
माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।
खामलाई पक्राउ गरिएको एसपी नवराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए। उनीमाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए।
खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।