मेची महाकाली साइकल यात्रीलाई कावासोतीमा स्वागत (भिडियो सहित)



कावासोती । महिला सशक्तिकरणको लागि मेची महाकाली एक साइकल यात्रामा निस्केका साइकल यात्री यमुना ढकाललाई कावासोतीमा स्वागत गरिएको छ ।

कावासोती साइकिलिङ्ग ग्रुपको आयोजनामा कावासोतीमा उनलाई स्वागत गरिएको हो । ८ दिन अघि पूर्वबाट साइकल यात्रा शुरु गरेकी यमुना ढकाल ८ दिनको दिन कावासोती आइपुगेकी हुन् ।




उनले आफू महिलाले पनि केही गर्न सक्छ भन्ने उद्दाहरण दिनका लागि र स्वास्थ्यका लागि साइकल, पर्यावरणका लागि साइकल भन्ने सन्देश दिनका लागि साइकल यात्रामा निस्केको बताइन् ।

गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन गाहा, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, कावासोती साइकिलिङ्ग ग्रुपका अध्यक्ष ज्योति श्रेष्ठ, दिपकलाल श्रेष्ठ, गणेश गुरुङ टेना लगायतको सहभागितामा ढकाललाई स्वागत गरिएको थियो ।



सम्बन्धित
Loading...