चितवनमा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु




चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-१९, शरदानगरमा एक युवकको मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ ।

तनहुँ घर भई काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनारले मासु खाँदा घाँटीमा हड्डी अड्किएर स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचारपश्चात औषधि सेवन गरी काकाको घरमा बसिरहेको र निज सुनारलाई बिहीबार बिहान ११ः०० बजे भरतपुर अस्पतालमा ल्याई उपचार भइरहेकोमा बिहान १२ः५० बजेको समयमा र्मतयु भएको प्रहरीले जनाएको छ ।




मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...