नवलपुरमा ५ राउण्ड गोली सहित पक्राउ




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउण्ड गोली सहित १ जनालाई पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका ७ निवासी २९ बर्षीय राहुल थापालाई प्रहरीले ५ राउण्ड गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




प्रहरीले विशेष सुराकीको आधारमा त्रिवेणी चौकीबाट खटिएको टोलीले उनलाई खानतलासी गर्ने क्रममा आज विहान पक्राउ गरेको हो ।

एसएलआर ७ दशमलब ६२ एमएमको ३ राउण्ड गोली र ३ दशमलब ३ एमएमको २ राउण्ड गरी ५ थान गोली उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । उनले खरिद गरेर ल्याएको वा विक्रीका लागि ल्याएको खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...