नेकपा एमाले नवलपुरको अधिवेशन तयारी पुरा, अध्यक्षका आकांक्षी बढ्दै (भिडियो सहित)




रामकुमार श्रेष्ठ —
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन यही चैत्र २६ र २७ गते हुने भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । अधिवेशनको बारेमा जानकारी दिन नेकपा एमाले नवलपुरले आज कावासोतीमा पत्रकार सम्मेलन गरेको थियो ।

नवौं अधिवेशनमा ९२ वटा वडा, ८ वटा पालिका स्तरीय जातीय मुक्ति समाज, जिसी मजदुर १, २१ वटा जनवर्गीय संगठन, जिल्ला सल्लाहाकार, लेखा कमिटि, जेष्ठ नागरिक मञ्चबाट गरी ६ सय ११ जना प्रतिनिधि सहित जिल्ला कमिटि र मनोनित १ सय ४० जना गरी ७ सय ५१ जना प्रतिनिधि सहभागी हुने नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए ।



अधिवेशन कावासोतीमा हुने छ । अधिवेशनमा २० लाख खर्च हुने अपेक्षा गरिएको छ ।
अधिवेशनले बढीमा १ सय ५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ । नयाँ बन्ने समितिमा १० प्रतिशत युवा, ३३ प्रतिशित महिला सुनिश्चित हुने गरी तयारी गरेको अध्यक्ष पाण्डेले बताए ।

नेकपा एमाले नवलपुरमा जीवन श्रेष्ठ, रोशन गाहा, मुक्तिराम पाण्डे, खिमानन्द भुसाल, भीम कंडेल, होमनाथ जैसी लगायतका नेताहरु अध्यक्षका आकांक्षी देखिएका छन् । उनीहरुले खुल्ला रुपमा उम्मेदवारी घोषणा नगरे पनि भित्र भित्र प्यानल मिलाउने र आफ्नो पक्षमा उम्मेदवारी पार्ने दाउमा लागेका छन् ।

तथापि पत्रकार सम्मेलनमा नेताहरुले सहमतिको प्रयास जारी रहेको र सहमति नभए निर्वाचन प्रकृयाद्धारा नेतृत्व चयन गरिने बताएका थिए ।
अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ सहित ५ सदस्यीय पदाधिकारी पनि चयन गर्ने छ । ५ सदस्यीय पदाधिकारी मध्ये कम्तिमा १ जना महिला अनिवार्य हुने प्रावधान रहेको छ ।

यस पटक अधिवेशनबाट थारु, मधेषी, दलित, जनजाति, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यकबाट पनि जिल्ला समितिमा सुनिश्चित हुने गरी मिलाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज मना केसी जिसी, केन्द्रिय सदस्यहरु तिलक महत, कृष्ण पौडेल, रविन्द्र अधिकारी, संविधान सभा सदस्य जीवन श्रेष्ठ, पूर्व सांसद कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...