कांग्रेसका डम्बरबहादुर खड्काले गरे उम्मेदवारी दर्ता




नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो।



त्यसअघि सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू भने पुगेका छैनन्।

अहिलेसम्म ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठका अनुसार एमालेबाट सुहाङ नेम्वाङ, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह लिम्बूले पनि उम्मेदवारी दर्ता गराएका छन्।

एकीकृत समाजवादीबाट जीत बहादुर राईले उम्मेदवारी दिएका छन्।



सम्बन्धित
Loading...