सुनको मूल्यमा फेरि कीर्तिमान, तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ




काठमाडौँ । सुनको मूल्य आज पनि वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा बढ्दो क्रममा रहेको सुनको मूल्य आज पनि बढेर कारोबार सुरु भएको हो । तोलामा ६०० रुपैयाँले बढेसँगै सुनको मूल्यमा फेरि नयाँ कीर्तिमानी मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।



यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ३५ हजार ५०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा समेत नयाँ कीर्तिमान कायम भएको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १६ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो यसको मूल्य तोलामा १६ सय ७० रुपैयाँ थियो । यो तोलामा १५ रुपैयाँको वृद्धि हो ।



सम्बन्धित
Loading...