नेकपा एमाले नवलपुरको अध्यक्ष जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित




रामकुमार श्रेष्ठ —
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।

निर्वाचन मण्डलका संयोजक, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज मना केसी जिसीले अध्यक्ष जीवन श्रेष्ठ सहित पदाधिकारीमा सर्वसम्मत भएको घोषणा गरेका हुन् ।



जस अनुसार उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भिम कंडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत निर्वाचित भएको हो ।

१ सय ५ सदस्य नयाँ समिति चयनका लागि भएको नेकपा एमाले नवलपुरको नवौं अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यहरु भने घोषणा गरेको छैन ।

सदस्यहरुमा सर्वसम्मत गर्नका लागि भोलिसम्मका लागि समयसीमा दिएकोले आजै सर्वसम्मत घोषणा नभएको एमाले निकट प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोइरालाले बताए ।

एमाले स्रोतका अनुसार सदस्यहरुको लागि भएको समूह समूहगत छलफलबाट अधिकांश सदस्य पदमा पनि सहमति जुटेको एकाध क्लष्टरमा सहमति जुट्न बाँकी रहेकोले भोलिसम्मका लागि समयसीमा दिएको हो ।



सम्बन्धित
Loading...