रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ





बुटवल । रुपन्देहीमा विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी नायव उपरीक्षक ९डिएसपी० लक्ष्मी खनालका अनुसार २०६७ पुस २८ गतेको फैसलाले लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना भएका सिद्धार्थनगर नगरपालिका–११ बहादुर शाही पक्राउ परेका छन् ।

यस्तै २०६९ कार्तिक १७ को फैसलाले जुवा तास मुद्दामा २ सय जरिवाना फैसला भएका बुटवल उपमहानगरपालिका–७ का पवन कुँवर र २०६६ असार १५ को फैसलाले जालसाजी मुद्दामा १ सय जरिवाना फैसला भएका सिद्धार्थनगर–१ बस्ने हिमा थापालाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिइन् ।



सम्बन्धित
Loading...