चितवनमा म्याजिक ट्रकमा ठोक्किँदा १६ जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२९, चौधकिलोमा म्याजिकको टायर पड्किएर ट्रकमा ठोक्किँदा म्याजिक चालकसहित १६ जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आरहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पड्किएर विपरीत दिशाबाट गइरहेको प्रदेश २-०३-००१ ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा म्याजिकमा सवार चालकसहित १६ जना घाइते भएका छन् ।
नयाँ मेडिकल कलेजमा उपचार भइरहेका घाइते हुनेहरुमा इच्छाकामना-३ बस्ने २२ वर्षीय अमिन सुनार, इच्छाकामना-४ बस्ने ४८ वर्षीया माया राना, इच्छाकामना-३ बस्ने ३७ वर्षीय भरत आले, इच्छाकामना-४ बस्ने ४० वर्षीया लालमाया आले, इच्छाकामना-३ बस्ने ३३ वर्षीया तारा गुरूङ, सोही ठाउँ बस्ने तीन वर्षीया अंशु गुरूङ, इच्छाकामना-३ बस्ने १० वर्षीय विक्रम गुरूङ, इच्छाकामना-२ बस्ने १७ वर्षीया अस्मिता चेपाङ, इच्छाकामना-४ बस्ने ३८ वर्षीया लीला गुरूङ, इच्छाकामना-३ बस्ने १६ वर्षीय सोमबहादुर चेपाङ र इच्छाकामना-७ बस्ने १० वर्षीया मिक्की गुरूङ रहेका छन् ।
यसैगरी, पुरानो मेडिकल कलेजमा उपचार भइरहेका घाइतेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं-३ बस्ने ३८ वर्षीय शम्शेरबहादुर थापा, इच्छाकामना-२ बस्ने ३५ वर्षीया गुनमाया आले, इच्छाकामना-४ बस्ने २४ वर्षीय विवेक चेपाङ, सोही ठाउँ बस्ने २९ वर्षीय यमबहादुर चेपाङ र म्याजिक चालक इच्छाकामना-४ बस्ने ४० वर्षीय कुमार गुरूङ घाइते भएका छन् ।
दुवै सवारीसाधन र ट्रक चालक प्रहरी चौकी चौधकिलोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन खण्डमा ट्रक र कार आपसमा ठोक्किदा कारमा सवार चार जना घाइते

नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ६ः१० बजेको समयमा ट्रक र कार ठाेक्किएका छन् ।
भरतपुरबाट मुग्लिङतर्फ जादै गरेको बि एबी ५३२० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा प्र०३–००१ ख २०६३ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा कारमा सवार चार जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा कार चालक भरतपुर–१९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुवेदी, कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने बर्ष ४६ को सुमन मल्ल, सोहि ठाउँका ७४ वर्षीय केशव मल्ल र ६८ वर्षीय सुवर्ण मल्ल (अवस्था गम्भिर) रहेका छन् ।
उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए । ट्रक चालक धादिङ धुनेबेशी नगरपालिका–७ बस्ने बर्ष ४२ को राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।