नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ




नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा लम्जुङ जिल्लाको बेशीसहर नगरपालिका २ भकुण्डे निवासी २० बर्षीय अनिल थापा रहेका छन् ।




प्रहरीले थापाको साथबाट नुफिन २०० एम्पुल, फेनेरागन २०० एम्पुल, डाईजापाम २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागु औषध बरामद गरेको छ ।

चालिस किलो जंगल स्थित बुटवल नारायणगढ सडकखण्डमा चेकजाँचको क्रममा चोरमाराबाट डण्डा तर्फ आउदै गरेको बस चेकजांच गर्ने क्रममा प्रहरीले बसबाट अनिल थापालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ ।



सम्बन्धित
Loading...