नवलपरासीमा भन्सार छलि ल्याएको १९ लाख बराबरको समान सहित २ जना पक्राउ




रामकुमार श्रेष्ठ
नवलपरासी । भारतबाट भन्सार छलि ल्याएको सामग्री सहित पश्चिम नवलपरासी प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार गएराति इलाका प्रहरी कार्याल महेशपुरको टोलीले पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका १ महेशपुर चोकबाटट उक्त सामग्री सहित २ जनालाई पक्राउ गरेको हो ।



भारतबाट नेपाल आउँदै गरेको ना १८ च ५०५३ नम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्की भित्र भन्सार छली ल्याउँदै गरेको कफी बनाउने मेसिन १ थान र कफी विन चक्की १ सेट गरी ४ लाख बराबरको सामग्री र १५ लाख बराबरको कार सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कार चालक कास्कीको पोखरा महानगरपालिका ३० निवासी ३४ बर्षीय राजकुमार ताम्राकार र कारमा सवार २९ बर्षीय सुदिप तिमिल्सेना रहेका छन् ।

पक्राउ परेका सामग्री र पक्राउ परेको दुवै जनालाई प्रहरीले आवश्यक कारवाहीको लागि महेशुपुर भन्सार कार्यालय चलान गरेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...