कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटे



कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् ।

श्रीमान वैदेशिक रोजगारीमा रहेकी कावासोती निवासी २७ बर्षीय ति महिलाले फोनमा श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको प्रयास गरेकी हुन् ।




विहान साढे १० बजेको समयमा श्रीमानसँग फोनमा कुरा गर्दागर्दै एक्कासी चिच्चाएपछि श्रीमानले आमालाई फोन गरेर खबर गरेपछि उनका आफन्त र प्रहरीले उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार महिलाको अवस्था गम्भीर रहेको छ । ति महिलाको मध्यविन्दु अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

उनी केही समयदेखि डिप्रेसनमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।



सम्बन्धित
Loading...