गिरुवारी खोलाबाट सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लियो
नवलपुर । नवलपुरको हुप्सेकोट ३ गिरुवारी खोलाबाट गएराति सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ चोरी गर्दै गर्दा सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराको गस्ती टोलीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराले जनाएको छ ।
टोलीले लु ४ त ६४५५, लु ४ त ३०४९, ना ६ त ९१२९, तीन वटा ट्याक्टर कारवाहीको लागि नियन्त्रणमा लिएको हो ।