नेपाल वेस्ट इन्डिजसँग ४ विकेटले विजयी




वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

वेष्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको हो ।



जितको लागि कप्तान रोहित पौडेलले १ सय १२ रन बनाए भने दिपेन्द्र सिंह एैरीले २४ रन बनाए ।

कप्तान पौडेलले ले ४७ बलमा १०१ रन बनाएर आफ्नो सतक पुरा गरेका थिए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए ।

खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।



सम्बन्धित
Loading...