इलाम–२ उपनिर्वाचनः ६० प्रतिशत मत खसेको अनुमान




इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मुख्यनिर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो ।

उनका अनुसार इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६९ हजार २ सय ८७ मत खसेको अनुमान गरिएको छ। करिब ६० प्रतिशत मत खसेको आकलन गरिएको उनले बताए ।




सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । अहिले मतपेटिका मुचुल्का उठाएर सिल गर्ने काम गर्दै मतपेटिका इलामको सदरमुकाममा रहेको मुख्य निर्वाचत अधिकृतिको कार्यालयमा लैजाने काम शुरु भएको छ । नजिकका मतपेटिकाहरु सदरमुकाम पुगिसकेको छ ।

आज राति १० बजेसम्म इलाम सदरमुकामस्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा सबै ठाउँका मतपेटिका आइपुग्ने बताइएको छ । त्यसपछि सर्वदलीय बैठक बसेर गणनाको निर्णय लिइने उनको भनाइ छ ।

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम–२ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।

एमाले, काँग्रेस, रास्वपा र पहिचानवादी पक्षधरका उमेदवारबीच कडा प्रतिप्रर्धा हुने आंकलन गरिएको छ ।



सम्बन्धित
Loading...